सञ्चार विद्येयकहरु पुनरावलोकन गर्न सरकार तयार छ



सञ्चार विद्येयकहरु पुनरावलोकन गर्न सरकार तयार छ

मन्त्री खतिवडा काठमाडौं २३ फागुन । सूचना तथा प्रविधि एंव अर्थमन्त्री डा.युवराज खतिवडाले सञ्चारसम्बन्धी सबै विद्येयक पुनरावलोकन गरिने बताएका छन् । नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले सञ्चार सम्बन्धी विद्येयक मध्ये कतिपय राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा जाने चरणमा भएको, कतिपय प्रतिनिधि सभामा छलफल भइरहेको र कतिपय मन्त्रीपरिषदमा रहेकाले उपयुक्त विधिद्धारा सरोकारवालाहरुसंग छलफल गरेर सच्याइने बताएकाे टाेलीमा सहभागी महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । जैसीका अनुसार मन्त्री खतिवडाले महासंघले खोजेको संशोधनको मस्यौदासहित छलफलका लागि आमन्त्रण समेत गरे । मन्त्री खतिवडाले महासंघसंग सरकारको संवादहिनता तोडिदै छलफलको सुरुवात भएको समेत बताए । महासंघले उठाएका मागहरु नेपाली सञ्चार क्षेत्रको विकासका लागि महत्वपूर्ण भएको बताउँदै उनले संबोधन गर्ने प्रतिबद्धतासमेत जनाए ।

महासंघको प्रतिनिधिमण्डलसंग सकारात्मक ढंगबाट प्रस्तुत भएका खतिवडाले सरकार नयाँ ढंगबाट अघि बढ्न खोजेको संकेत गरे । महासंघका अध्यक्ष गोविन्द आर्चायले विगतमा महासंघका मागलाई उपेच्क्षा गरिएको बताए । उनले सरकारलाई प्रेस स्वतन्त्रताको रक्षाका लागि काम गर्न आग्रह गर्दै कर्तव्य र जिम्मेवारीका बारेमा महासंघले काम गर्ने प्रतिबद्धता जनाए । महासचिव रमेश विष्टले विगतमा सरकारले महासंघ र सञ्चार क्षेत्रलाई चरम उपेच्क्षा गरेको बताउँदै मन्त्री खतिवडा समक्ष महासंघले उठाएका मागहरु सम्बोधन गर्न आग्रह गरे ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *