८ करोडमा सागको प्रशारण अधिकार किनेको भारतीय कम्पनीको बदमासी, दिएका ६ चेकमा छैन पैसा



८ करोडमा सागको प्रशारण अधिकार किनेको भारतीय कम्पनीको बदमासी, दिएका ६ चेकमा छैन पैसा

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टेलिभिजन प्रशारण अधिकार किनेको भारतीय कम्पनीले अहिलेसम्म रकम भुक्तानी गरेको छैन।

प्रशासण अधिकार किनेको भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिले ६ महिना बितिसक्दा पनि रकम नदिएको हो।

गत मंसिर १५ देखि २४ सम्म नेपालमा भएको सागका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसँग टेलिभिजन सम्झौता गरेको थियो। एसएओसी र एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकारसम्बन्धी सम्झौता भएको थियो।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतामा प्रशारण अधिकारवापत् उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ दिने उल्लेख थियो। त्यसवापत् एनके मिडियाले सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने तथा एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने व्यवस्था सम्झौतामा थियो।

एनके मिडियाले एसओसीलाई विभिन्न मितिमा ६ वटा चेक पनि दिएको छ। ती चेकमा रकम नभएको महासचिव निलेन्द्राज श्रेष्ठले सेतोपाटीलाई बताए। सागको १० दिनपछिको मितिको चेक बैंकमा जम्मा गर्दा भारतीय कम्पनीको बदमासी थाहा भएको हो।

‘भारतीय कम्पनीले सम्झौता बराबरको फरक-फरक मितिको ६ वटा चेक दिएको छ। त्योमध्ये पहिलो चेक साग सकिएको १० दिन पछिको थियो। तर बैंकमा जम्मा गर्दा त्यसमा रकम देखिएन,’ श्रेष्ठले भने।

पहिलो चेक नेपाल ओलम्पिक कमिटीको नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरिएको थियो। सुरूमा उनीहरूले कम्पनीले दिएको भारतीय बैंकको चेकबाट नेपाली बैंकमा पैसा राख्न समय लाग्ने ठानेका थिए। तर लामो समयसम्म पनि बैंकमा पैसा नआएपछि भारतीय कम्पनीले बदमासी गरेको खुलेको हो।

चेकमा पैसा नभएपछि श्रेष्ठले भारतीय कम्पनीसँग कुराकानी गरेका थिए। तर भारतीय कम्पनीले भारतमै आउन आग्रह गर्‍यो।

‘मेरो व्यक्तिगत काम भए म जान्थें होला। यो अफिसियल काम हो। सम्झौताको कुरा पनि छ। त्यसैले मैले नेपालमै आएर कुरा गर्न भनेको थिएँ,’ उनले भने।

रकम भुक्तानी गर्न ढिलाइ गरे कानुनी प्रक्रियामा जाने उनले बताए।

‘सुरूमा उनीहरूसँग कुरा गर्छौं। हामी लचक हुन पनि तयार छौं,’ श्रेष्ठले भने,’सम्झौताअनुसारको रकम लिन हामी कानुनी प्रकियामा जानेछौं।’

चेक बाउन्सको मुद्दामा कानुनी प्रक्रियामा जान तीन पटक बैंकले अस्वीकार गरेको हुनुपर्छ।

‘चेक बाउन्स मु्द्दाका  लागि तीन पटकसम्म बैंकले पैसा नभएको जानकारी गर्नुपर्छ। त्यसका हामी तयार छौं। हामीले पैसा नभएको पहिलो रिपोर्ट गरिसक्यौं,’ उनले भने।

गत सागमा एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत् सबैको खेलका प्रत्यक्ष प्रसारण गरेको थियो। यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गरेको थियो। एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताएको थियो। तर १५ च्यानलमा प्रत्यक्ष प्रसारण हुन सकेन।

प्रसारण अधिकारको दोश्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको थियो। जसअनुसार एसएओसीले प्रशारण अधिकार र विज्ञापनवापत् पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर

साभार :setopati.com

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *