
सिटीले ब्राइटनमाथि गोल वर्षा, चेल्सी शेफिल्डसँग ३-० ले पराजित
राहिम स्टर्लिङको ह्याट्रिकको मद्दतले म्यान्चेस्टर सिटीले ब्राइटनमाथि ५–० को सहज जित हासिल गर्न सफल भएको छ । जीतसँगै टोली लिगको दोस्रो स्थानमा रहने पनि सुनिश्चित भएको छ ।
यसअघि घरेलु मैदानबाहिर लगातार तीन खेल हारेको सिटीले शनिबारको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । स्टर्लिङले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । यो सिजन लिगमा उनको यो १७ औँ गोल थियो । सबै प्रतियोगितामा सिटीका लागि उनले २७ गोल गरेका छन् । सिटीका लागि अन्य गोल ग्याब्रियल जिसुस र बर्नान्डो सिल्भाले गरे ।
पछिल्लो दुई खेल सिटीले ५ वा सोभन्दा गोलको अन्तरले जितेको छ । पछिल्लो पटक प्रिमियर लिगमा सन् २०१७ मा सिटीले नै तीन खेल यसरी विशालअन्तरले जितेको थियो ।
उता, कीर्तिमानी १ सय अंक पछ्याइरहेको लिग च्याम्पियन लिभरपुल भने आफ्नै घरेलु मैदानमा बर्नलीसँग १–१ को बराबरीमा रोकिएको छ । ...