Wednesday, May 31
Shadow

Tag: LaLiga

भिदालको गोलमा बार्सिलोना विजयी, उपाधि होडमा झिनो आशा कायमै

भिदालको गोलमा बार्सिलोना विजयी, उपाधि होडमा झिनो आशा कायमै

खेलकुद, फुटबल
काठमाडौं । अर्टुरो भिदालको एक मात्र गोल मद्दतमा बार्लोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको छ । साँघुरो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंकदूरी १ मा झार्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । भाल्लाडोलिडको मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल गरेको थियो । १६औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा भिदालले गरेको गोल बार्सिलोनालाई ३ अंक दिलाउन निर्णयाक बनेको थियो । यस सिजन मेसीको यो २०औं असिस्ट हो र उनी एकै सिजन २० गोल र असिस्ट गर्ने थियरी अनरीपछि पहिलो खेलाडी समेत बनेका छन् । यस्तै २००८-०९ पछि ला लिगामा २० असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन् । त्यस बेला बार्सिलोनाकै जाभीले उक्त उपलब्धि हासिल गरेका थिए । जितपछि बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियल ८० अंकसहित शीर्ष स्थानमा छ ।...
रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

खेलकुद, फुटबल
स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । गएराति भएको खेलमा रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो । रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा लगातार आठौं खेलमा जित निकाल्ने क्रममा रियालका लागि बेन्जिमाले एक गोल र एक एसिस्ट गरेका थिए । ११ औं मिनेटमा रियालले अग्रता लियो । अलाभेसका डिफेन्डर छिमो नाभारालेले रियालका फर्लान्ड मेन्डीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले गोल गर्न सफल भए । त्यो पेनाल्टीमा भिएआरको सहायता लिइएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले दोस्रो हाफमा अर्को गोल गर्यो । जसमा दोस्रो हाफको सुरुमा नै रोद्रिगोको पासमा बेन्जिमाले मिलाइ दिएको बललाई मार्को एसेन्सियोले गोल गरे । तर उनको त्यो गोललाई रेफ्रिले अफसाइड दिए पनि फेरि भिएआरले गोलको मान्यता दियो । त्...