Tuesday, May 30
Shadow

Tag: Google

गुगलले ल्यायो नयाँ सोसल मिडिया एप, गुगल करेन्ट्स्

गुगलले ल्यायो नयाँ सोसल मिडिया एप, गुगल करेन्ट्स्

सूचना प्रविधि
एजेन्सी ।  गुगलले आफ्नो नयाँ सोसल मिडिया एप सार्वजनिक गरेको छ । गुगलको नयाँ सोसल मिडिया एपको नाम गुगल करेन्ट्स् न्ययनभि ऋगचचभलतक रहेको छ । गुगलले यसअघि नै बन्द गरिसकेको गुगल प्लसको नयाँ संस्करणको रुपमा गुगल करेन्ट्स लञ्च गरिएको हो । गुगल करेन्ट्सलाई गुगलले प्ले स्टोर तथा एपस्टोर दुबै प्लाटफर्ममा उपलब्ध गराइसकेको छ । यद्यपि यो एप अहिले आम सर्वसाधारणका लागि नभई व्यवसायिक सशुल्क ग्राहकहरुका लागि मात्र उपलब्ध छ । सबै प्रयोगकर्ताका लागि गुगलको यो एप कहिलेदेखि उपलब्ध हुनेहो भन्ने बारेमा केहीपनि खुलाइएको छैन । के छ गुगल करेन्ट्सका विशेषता प्ले स्टोरमा गुगलले यो नयाँ एपका बारेमा व्याख्या गर्दै भनेको छ, ‘यो एपका माध्यमबाट प्रयोगकर्ताहरु आफ्ना साथीहरुसँग जोडिन सक्नेछन्, डकुमेन्टहरु आदानप्रदान गर्न सक्नेछन्, साथै आफ्नो संस्थाका विभिन्न क्रियाकलापहरुको बारेमा प्रयोगकर्ताहरुलाई जानकारी प्रा...