Wednesday, May 31
Shadow

Tag: सिन्धुली

सिन्धुलीमा १७ महिनाअगाडि नै पुल निर्माण सम्पन्न

सिन्धुलीमा १७ महिनाअगाडि नै पुल निर्माण सम्पन्न

बागमती प्रदेश
सिन्धुली । सिन्धुलीमा दुईवटा ५ सय मिटर लामा पुलहरू सम्झौता अवधिभन्दा अगाडि नै निर्माण सम्पन्न भएका छन् । जिल्लाको दुधौली नगरपालिकामा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको ५ सय मिटर र ६ सय मिटरका दुईवटा पुल सम्झौता अवधिभन्दा सत्र महिनाअगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । २७ मंसिर ०७४ मा निर्माण सम्झौता भई ०७८ जेठ र मंसिरमा सम्पन्न गर्ने जिम्मा कन्स्ट्रक्सनले पाएको इन्जिनियर डिल्लीप्रसाद ढकालले बताए । उनका अनुसार दुधौली नगरपालिकाको टाँडीमा निर्माण भएको ६ सय मिटर लामो पुल ०७८ मंसिर २७ गतेसम्ममा निर्माण गरिसक्नुपर्ने र डकाहामा निर्माण भएको ५ सय मिटर लामो पुल ०७८ जेठ २७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा ०७७ जेठ तेस्रो हप्ताभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । जेठ अन्तिमबाट साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न दिएको भए पनि असार १५ बाट भने ठूला सवारीसाधन सञ्चालनमा...