Tuesday, May 30
Shadow

Tag: सर्किट ब्रेक

नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

आर्थिक, विशेष खबर, सूचना प्रविधि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो पाेजेटिभ सर्किट लागेको छ। आइतबार निरन्तर तेस्रो सर्किट लागेर बन्द भएको बजारमा सोमबार पनि सर्किट ब्रेकको निरन्तरता देखिएको हो। सोमबार कारोबार सुरु भएको दोस्रो मिनेट मै पहिलो सर्किट लागेको थियो। परिसूचकमा ४ प्रतिशतको वृद्धिपछि २० मिनेटका लागि स्थगित भएको कारोबार ११ बजेर २१ मिनेटमा दोस्रोपटक सर्किट लागेको हो। दोस्रो सर्किटपछि कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ। परिसूचक ५ प्रतिशत अर्थात् ७४ दशमलव शून्य २ अंकले बढेर १ हजार ५ सय ५३ दशमलव शून्य ५ अंकमा कायम भएको छ। १ सय २२ वटा कम्पनीको २ लाख २३ हजार ६ सय ९६ कित्ता सेयर ८ सय ६४ पटक खरिद बिक्री हुँदा ९ करोड १९ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ११ अंकले बढेर ३ सय २८ दशमलव ४० अंकमा कायम भएको छ।...