
अख्तियारकाे नाम लिँदै बार्गेनिङ गरेपछि…
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ गरिएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका-२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धम्की दिएको पाइएको छ ।
आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो ।
आयोगले उनीहरुको अनुसन्धान जारी रहेकाले आजमात्रै सार्वजनिक गरिएको हो । आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ । आयोगमा उजुरी प...