Tuesday, May 30
Shadow

Tag: यूइएफए च्याम्पियन्स लिग

यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

खेलकुद, फुटबल, विशेष खबर
यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।   पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।   ८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेल...