Wednesday, May 31
Shadow

Tag: म्यानचेष्टर सिटी

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

खेलकुद, फुटबल
१३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा सिटीका लागि घरेलु मैदानमा रहिम स्ट्रलिङ र गाब्रिएल जेसलले गोल गरे । रियलका लागि करिम बेन्जामाले एक गोल फर्काए । स्ट्रलिङले नवौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै रियलको आशा कायमै राखेका थिए । तर दोस्रो हाफमा जेसलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि रियलले गोल थप्न सकेन र सिटी २–१ ले विजयी भयो । अघिल्लो खेलमा रातो कार्ड पाएका रियलका कप्तान सर्गियो रामोस भने सिटीविरुद्ध खेल्न पाएनन् र रियललाई उनको अभाव पनि खड्कियो ।...