
अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख
काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । र, यसका लागि नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको छ ।
मावन बेचबिखन अनुसन्धान ब्यूरोले अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ, जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समते छन् ।
खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । उनीहरुले नै मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले नक्कली कागज...