Wednesday, September 28
Shadow

Tag: फुटबल

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

खेलकुद, फुटबल, विशेष खबर
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो । यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ । पीएसजीका गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए । पाब्लो साराबियाल...
इटालियन सिरीमा इन्टर र एटलान्टा विजयी

इटालियन सिरीमा इन्टर र एटलान्टा विजयी

खेलकुद, फुटबल, विशेष खबर
इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् । दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । इन्टरले यसअघि नै युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । तर यस हार नापोलीको लागि भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन। यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ । नापोलीको समान खेलबाट ५९ अंक छ । उता तेस्रो स्थानको एटलान्टाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पार्मालाई २-१ ले पराजित गरेको छ । ४३औं मिनेटमा डेजान...
सिटीले ब्राइटनमाथि गोल वर्षा, चेल्सी शेफिल्डसँग ३-० ले पराजित

सिटीले ब्राइटनमाथि गोल वर्षा, चेल्सी शेफिल्डसँग ३-० ले पराजित

खेलकुद, फुटबल
राहिम स्टर्लिङको ह्याट्रिकको मद्दतले म्यान्चेस्टर सिटीले ब्राइटनमाथि ५–० को सहज जित हासिल गर्न सफल भएको छ । जीतसँगै टोली लिगको दोस्रो स्थानमा रहने पनि सुनिश्चित भएको छ । यसअघि घरेलु मैदानबाहिर लगातार तीन खेल हारेको सिटीले शनिबारको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । स्टर्लिङले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । यो सिजन लिगमा उनको यो १७ औँ गोल थियो । सबै प्रतियोगितामा सिटीका लागि उनले २७ गोल गरेका छन् । सिटीका लागि अन्य गोल ग्याब्रियल जिसुस र बर्नान्डो सिल्भाले गरे । पछिल्लो दुई खेल सिटीले ५ वा सोभन्दा गोलको अन्तरले जितेको छ । पछिल्लो पटक प्रिमियर लिगमा सन् २०१७ मा सिटीले नै तीन खेल यसरी विशालअन्तरले जितेको थियो । उता, कीर्तिमानी १ सय अंक पछ्याइरहेको लिग च्याम्पियन लिभरपुल भने आफ्नै घरेलु मैदानमा बर्नलीसँग १–१  को बराबरीमा रोकिएको छ । ...
भिदालको गोलमा बार्सिलोना विजयी, उपाधि होडमा झिनो आशा कायमै

भिदालको गोलमा बार्सिलोना विजयी, उपाधि होडमा झिनो आशा कायमै

खेलकुद, फुटबल
काठमाडौं । अर्टुरो भिदालको एक मात्र गोल मद्दतमा बार्लोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको छ । साँघुरो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंकदूरी १ मा झार्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । भाल्लाडोलिडको मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल गरेको थियो । १६औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा भिदालले गरेको गोल बार्सिलोनालाई ३ अंक दिलाउन निर्णयाक बनेको थियो । यस सिजन मेसीको यो २०औं असिस्ट हो र उनी एकै सिजन २० गोल र असिस्ट गर्ने थियरी अनरीपछि पहिलो खेलाडी समेत बनेका छन् । यस्तै २००८-०९ पछि ला लिगामा २० असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन् । त्यस बेला बार्सिलोनाकै जाभीले उक्त उपलब्धि हासिल गरेका थिए । जितपछि बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियल ८० अंकसहित शीर्ष स्थानमा छ ।...
रोनाल्डोको दुई पेनाल्टी गोलले जिताउन सकेन युभेन्ट्सलाई, एटलान्टासँग बराबरीमा रोकियो

रोनाल्डोको दुई पेनाल्टी गोलले जिताउन सकेन युभेन्ट्सलाई, एटलान्टासँग बराबरीमा रोकियो

खेलकुद, फुटबल
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका थियो भने एटलान्टालाई दोस्रो स्थानमा उक्लन मौका थियो । तर दुवै टिमले बराबरीपछि १-१ अंक बाँडेका छन् । युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेर बराबरी गरेको हो । युभेन्ट्सको मैदानमा भएको खेलमा डुभान जापाट्टाले १६औं मिनेटमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल फर्काउदै खेल बराबरी गरे । ८१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाए । एटलान्टा जित नजिक...
वेष्टह्यामका एन्टोनियो एक्लैले गरे ४ गोल गरे पछि नर्विच रेलिगेसनमा

वेष्टह्यामका एन्टोनियो एक्लैले गरे ४ गोल गरे पछि नर्विच रेलिगेसनमा

खेलकुद, फुटबल
मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ ।महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् । सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए । जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि व...
रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

खेलकुद, फुटबल
स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । गएराति भएको खेलमा रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो । रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा लगातार आठौं खेलमा जित निकाल्ने क्रममा रियालका लागि बेन्जिमाले एक गोल र एक एसिस्ट गरेका थिए । ११ औं मिनेटमा रियालले अग्रता लियो । अलाभेसका डिफेन्डर छिमो नाभारालेले रियालका फर्लान्ड मेन्डीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले गोल गर्न सफल भए । त्यो पेनाल्टीमा भिएआरको सहायता लिइएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले दोस्रो हाफमा अर्को गोल गर्यो । जसमा दोस्रो हाफको सुरुमा नै रोद्रिगोको पासमा बेन्जिमाले मिलाइ दिएको बललाई मार्को एसेन्सियोले गोल गरे । तर उनको त्यो गोललाई रेफ्रिले अफसाइड दिए पनि फेरि भिएआरले गोलको मान्यता दियो । त्...