Tuesday, May 30
Shadow

Tag: प्रहरी

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

विशेष खबर, स्वास्थ्य
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।...
इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ

इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ

लुम्बिनी प्रदेश, समाज
दाङ – प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डेढ लाख रुपैयाँ घुस दिन खोजेको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ सुपैलाकुटीका गोविन्द शाह र प्युठानकाे स्वर्गद्वारी नगरपालिका ५ भिङग्री घर भइ दाङको लमही बस्ने समीर भण्डारी रहेका छन् । उनीहरुले लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेकाको मुद्दा मिलाइदिन भन्दै वडा प्रहरी कार्यालय घोराहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको कार्यकक्षमा पुगेर घुस दिन खोजेका थिए । दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले थप कारबाहीकाे लागि दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिनुभयो ।...