Saturday, December 3
Shadow

Tag: पीएसजी

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

खेलकुद, फुटबल, विशेष खबर
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो । यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ । पीएसजीका गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए । पाब्लो साराबियाल...