
इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ
दाङ – प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डेढ लाख रुपैयाँ घुस दिन खोजेको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ सुपैलाकुटीका गोविन्द शाह र प्युठानकाे स्वर्गद्वारी नगरपालिका ५ भिङग्री घर भइ दाङको लमही बस्ने समीर भण्डारी रहेका छन् ।
उनीहरुले लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेकाको मुद्दा मिलाइदिन भन्दै वडा प्रहरी कार्यालय घोराहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको कार्यकक्षमा पुगेर घुस दिन खोजेका थिए ।
दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले थप कारबाहीकाे लागि दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिनुभयो ।...