
तनहुँ शुक्लागण्डकीमा सेती र सुरौदी पस्यो, १५० को उद्धार
दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा सेती नदी पसेको छ । तनहुँ यस क्षेत्रमा बढीमा फसेका १५० बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । शुनपा ८ का वडाध्यक्ष कृष्ण रेग्मीका अनुसार सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर थप क्षति पु¥याउने आशंकाका जोखिममा रहेका परिवारको उद्धार गरिएको हो ।
प्रहरी र सैनिक हाल सो क्षेत्रमा खटिएका छन् । नदीले बस्तीलाई खसाल्ने जोखिम बढेको छ । शुक्लागण्डकी नगरपालिका– वडानम्बर ४ र ८ मा पर्ने क्षेत्रमा ५० भन्दाबढी घर छन् ।...