Monday, May 29
Shadow

Tag: डब्लुएचओ

कोभिड–१९ अहिलेसम्मकै गम्भीर संकटकाल : डब्लुएचओ

कोभिड–१९ अहिलेसम्मकै गम्भीर संकटकाल : डब्लुएचओ

विशेष खबर, स्वास्थ्य
एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विश्वका लागि अहिलेसम्मकै सबैभन्दा गम्भीर संकटकालको स्थिति भएको जनाएको छ। डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम घेब्रेयेससले विश्व स्वास्थ्य संकटकाल स्थितिको पुनरावलोकनका लागि यसैसाता आपतकालीन समितिको बैठक बोलाउने बताएका छन्। डब्लुएचओले गत जनवरी ३० मा विश्व स्वास्थ्य संकटकालको स्थिति घोषणा गर्दा चीनबाहिर जम्मा १ सय जनामा कोरोना भाइरस देखिएको थियो । हाल विश्वभर १ करोड ६३ लाखभन्दा बढी मानिसको यसको संक्रमण देखिइसकेको छ भने ६ लाख ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। डब्लुएचओ प्रमुखले गत ६ सातामा संक्रमितको संख्या दोब्बर भएको उल्लेख गर्दै कोभिड १९ ले विश्वलाई नै परिवर्तन गरेको र सबै मुलुक र समुदायलाई एकै ठाउँमा ल्याइदिएको बताए। यसअघि इबोला, जिका, पोलियो र स्वाइनफ्लुको महामारीका बेला विश्व स्वास्थ्य संकटकालको स्थिति घोषणा गरिए...