Tuesday, May 30
Shadow

Tag: चितवन

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

बागमती प्रदेश, समाज
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं सम्झिरहने दीर्घकालीन महत्वका काम गरेरै छाड्ने बताए । प्रचण्डले भने, ‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ ।’ ‘माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविश्यमा समेत सम्झिने काम गर्नु छ, रिउ करिडोरमा रिङरोडको काम सुरु हुन्छ,’ प्रचण्डले थपे । ‘२३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माण सुरु भयो’ उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुल बनाउने पूर...
मैले हतार गरेको भए पार्टी दुर्घटना हुन सक्थ्यो: प्रचण्ड

मैले हतार गरेको भए पार्टी दुर्घटना हुन सक्थ्यो: प्रचण्ड

राजनीति
चितवन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताएका छन्। गृहजिल्ला चितवनको माडीमा शनिबार नेता/कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि नेकपाभित्र विवाद जारी छ। स्थायी कमिटी बैठक एक साता (साउन २) सम्म स्थगित भएपछि शनिबार चितवन पुगेका प्रचण्डले पार्टी एकता बलियो बनाउनुपर्ने पनि बताए। ‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं,’ प्रचण्डले भने, ‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश...
बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बागमती प्रदेश, समाज
काठमाडौं । बाढी पहिरोले पुर्‍याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उनले बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ ।...