Thursday, October 6
Shadow

Tag: खेलकुद

कोरोनापछिको पहिलो क्रिकेट : वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

कोरोनापछिको पहिलो क्रिकेट : वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

क्रिकेट
काठमाडौं । जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ । कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेलेपछि पाहुना टोलीले जित हात पारेको हो । साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४-८ बाट अन्तिम दिनको खेल सुरुवात गरेको थियो । त्यसपछि इंग्ल्याण्डले २९ रन थप्दै बाँकी २ विकेट गुमायो र दोस्रो इनिङ्समा ३१३ रन बनायो । अन्तिम विकेटका रुपमा आउट भएका जोफ्रा आर्चरले २३ रन जो८ । वेष्ट इन्डिजका शानन गाब्रीएललले दोस्रो इनिङ्समा ५ विकेट लिए । पहिलो इनिङ्समा २०४ रनमै अलआउट भएको इंग्ल्याण...
वेष्टह्यामका एन्टोनियो एक्लैले गरे ४ गोल गरे पछि नर्विच रेलिगेसनमा

वेष्टह्यामका एन्टोनियो एक्लैले गरे ४ गोल गरे पछि नर्विच रेलिगेसनमा

खेलकुद, फुटबल
मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ ।महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् । सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए । जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि व...
रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

खेलकुद, फुटबल
स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । गएराति भएको खेलमा रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो । रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा लगातार आठौं खेलमा जित निकाल्ने क्रममा रियालका लागि बेन्जिमाले एक गोल र एक एसिस्ट गरेका थिए । ११ औं मिनेटमा रियालले अग्रता लियो । अलाभेसका डिफेन्डर छिमो नाभारालेले रियालका फर्लान्ड मेन्डीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले गोल गर्न सफल भए । त्यो पेनाल्टीमा भिएआरको सहायता लिइएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले दोस्रो हाफमा अर्को गोल गर्यो । जसमा दोस्रो हाफको सुरुमा नै रोद्रिगोको पासमा बेन्जिमाले मिलाइ दिएको बललाई मार्को एसेन्सियोले गोल गरे । तर उनको त्यो गोललाई रेफ्रिले अफसाइड दिए पनि फेरि भिएआरले गोलको मान्यता दियो । त्...