
रोनाल्डोको दुई पेनाल्टी गोलले जिताउन सकेन युभेन्ट्सलाई, एटलान्टासँग बराबरीमा रोकियो
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।
त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका थियो भने एटलान्टालाई दोस्रो स्थानमा उक्लन मौका थियो । तर दुवै टिमले बराबरीपछि १-१ अंक बाँडेका छन् । युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेर बराबरी गरेको हो ।
युभेन्ट्सको मैदानमा भएको खेलमा डुभान जापाट्टाले १६औं मिनेटमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल फर्काउदै खेल बराबरी गरे । ८१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाए ।
एटलान्टा जित नजिक...