Monday, May 29
Shadow

Tag: कर्णााली

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेश, स्वास्थ्य
कर्णााली  प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका एकजना, कालीकोट र हुम्लाका एक/एकजना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७४९ पुगेको छ । यस्तै, कर्णालीमा सोमबार थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको छ भने २२४ जना आइसोलेसनमा रहेका छन्ा । ६ जनाको मृत्यु भएको छ ।...