
अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति प्रसिद्ध भिडिओ सेयरिङ एप ‘टिकटक’ अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन्।
चिनियाँ प्यारेन्ट कम्पनीको स्वामित्वमा रहेको टिकटक किन्नका लागि अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले गर्ने प्रस्ताव पनि ट्रम्पको घोषणापछि खारेज हुने भएको छ।
“जहाँसम्म टिकटकको कुरा छ, हामी यो एपलाई अमेरिकामा प्रतिबन्ध लगाउछौं,” राष्ट्रपति ट्रम्पले भने, “मसँग यो अधिकार छ।”
ट्रम्पले आकस्मिक आर्थिक शक्ति अथवा कार्यकारी शक्तिको प्रयोग गरेर प्रतिबन्ध लगाउने बताएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौति रहेको बताउँदै ट्रम्पले माइक्रोसफ्टले गर्ने सम्भावित प्रस्तावलाई पनि माटोमा मिलाइदिएका छन्।...