पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा



पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको समिकरण पूरा भएक‍ो छ। शनिबार स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो।  यसअघि शुक्रबार लियोन र म्यानचेस्टर सिटी अन्तिम ८ मा पुगेका थिए।

पेरिस सेन्ट जर्मेन (पिएसजी), एटलान्टा, आरबी लेइपजिग र एथ्लेटिको मड्रिडले भने कोरोना भाइरसअघि लिग स्थगित हुनुअघि नै अन्तिम आठमा स्थान बनाएका थिए। अब बुधबारदेखि क्वार्टरफाइनलका सबै खेल पोर्चुगलको लिस्बनमा हुनेछ।

फाइनल खेल अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ।

बुधबारको पहिलो क्वार्टरफाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ। शुक्रबार बार्सिलोना र वायर्न म्युनिख तथा शनिबार लियोन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ। कोरोना भाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको च्याम्पियन्स लिग गत शुक्रबारदेखि सुरु भएको हो।

युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तीब्र भएसँगै च्याम्पियन्स लिग गत मार्चमा एकाएक स्थगित गरिएको थियो।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले युरो-२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो।

अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकाल्यो। प्रतिस्पर्धालाई निर्धारित एक देशका मात्र रंगशालामा सबै खेल खेलाइने र खेलहरुमा दर्शकलाई प्रवेश गराइने निर्णय गरेर प्रतियोगिता  सुरू गरिएको हो।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *