हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड



हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबलर अफ दि इअरको अवार्ड जितेका छन् ।

लिभरपुललाई ३० वर्षयता पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।

उनी यस अवार्ड जित्ने लिभरपुलको १२ औं खेलाडी बनेका छन् । दुई सिजनअघि पछिल्लो पटक लिभरपुलका मोहमद सलाहले यो अवार्ड जितेका थिए । हेन्डरसनले म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना र आफ्नै क्लबका खेलाडीहरुलाई समेत पछि पार्दे यो अवार्ड जितेका हुन् ।

बुधबार राति चेल्सीलाई ५-३ ले पराजित गरेपछि लिभरपुलले यस सिजन प्रिमियर लिगको ट्रफी उचालेको छ । कप्तान हेन्डरसन आधुनिक प्रिमियर लिग सुरु भएपछि उक्त ट्रफी उचाल्ने लिभरपुलका पहिलो कप्तान बने ।

आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सर्वाधिक ३ पटक यो अवार्ड जितेका छन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *