कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक



कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ ।

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

जसमा स्थानीय समयअनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राति १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *