अखिल नेपाल फुटबल संघ एन्फाले वेबसाइट पुनर्निर्माण समय सापेक्ष सूचना पाउन सहज हुने अपेक्षा

अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो अफिसियल वेबसाइट पुनर्निर्माण गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले क्लिक गरेर वेबसाइट उद्घाटन गरेका हुन् ।
एन्फाको वेबसाइटलाई समय सापेक्ष बनाउन र सबै सूचना उपलब्ध गराउन वेबसाइटको पुनर्निर्माण गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।
एन्फाले बनाएको नयाँ वेवसाइटको बारेमा फिफा र एएफसीका अध्यक्षले शुभकामनासमेत पठाएका थिए ।
रिलन्च गरिएको वेबसाइटमा एन्फाको गतिविधि, ए, बी र सी डिभिजन क्लबहरुको जानकारी, जिल्ला फुटबल संघको जानकारी, एन्फाको बारेमा जानकारी खेलाडीलगायत विभिन्न जानकारीहरु राखिएको छ । कोचिङ कोर्सको लागि वेबसाइटबाटै फर्म भर्न सकिनेछ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा वेबसाइट रिलन्च गर्दा खुशी लागेको बताए । उनले अब यस वेबसाइट चलाउन सहज हुने र धेरै विशेषता रहेको बताए ।
राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले एन्फाको वेबसाइट लन्च भएकोमा बधाई दिदै अब झन् चुनौती थपिएको बताए ।