राखेप सदस्य सचिवमा सिलवालले पनि दिए आवेदन



राखेप सदस्य सचिवमा सिलवालले पनि दिए आवेदन

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले आवेदन  दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय स्रोतले सिलवालले पनि आवेदन दिएको पुष्टि गरे । अहिलेसम्म सदस्य सचिव पदमा आवेदन दिनेको संख्या पूर्व भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्य सहित ११ जना पुगेको छ ।

नयाँ खेलकुद ऐन लागु भएपछि निवर्तमान सदस्य सचिवसहित राखेपका सदस्यहरु पदमुक्त भएका थिए । त्यसपछि नयाँ सदस्य सचिव नियुक्त गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइएको थियो । उक्त समितिले सदस्य सचिवको लागि निवेदन दिन एक साताको सूचना सार्वजनिक गरेको थियो । उक्त म्याद सकिन एक दिन बाँकी छँदा सिलवालले पनि आवेदन दिएका हुन् ।

गत वर्ष असार २३ गते ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका सिलवाल नयाँ ऐन प्रचलनमा आएपछि पदमुक्त  भएका थिए ।

अब छनोट समितिले प्राप्त दरखास्तहरुबाट तीन जनालाई छनोट गरेर मन्त्रालयमा पेश गर्ने छ । तीन जनामा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले पेश गरेको सूचीका अधारमा मन्त्रिपरिषदले सदस्य सचिवको नियुक्ति गर्नेछ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *