रियललाई फेरि ४ अंकको अग्रता, उपाधिबाट एक जित टाढा



रियललाई फेरि ४ अंकको अग्रता, उपाधिबाट एक जित टाढा

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।

ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले एक गोल फर्काए ।

जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये एक खेल जितेमा उपाधि जित्नेछ ।

यदि बार्सिलोना अबको लमा ओसासुनासंऊ पराजित भएमा रियलले बाँकी २ खेलअघि नै उपाधि जित्नेछ ।

रियलसँग पराजित ग्रानडा ५० अंकसहित दशौँ स्थानमा छ ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *