ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो



ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो

काठमाडौं ।  स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ।  जीतसँगै उसले बार्सिलोनामाथिको दबाब कायम राखेको छ। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा एसेन्सिओले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी रहेको खेलमा  बेन्जिमाले ६१ र ८६ औँ मिनेटमा गोल गरे।
यस्तै एसेन्सिओले ७४ औँ मिनेटमा गोल गरे । ८९ औँ मिनेटमा ली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो।​ बेन्जिमाले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरेर २ सय ४३ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा आएका छन्।   जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६२ अंक भएको छ।

शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट दुई अंक बढी रहेको छ। ला लिगा अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २–० ले पराजित गरेको छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *