‘सवारी अनुमति पास’का लागि सिडियाेमा घुईचाे



‘सवारी अनुमति पास’का लागि सिडियाेमा घुईचाे

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा लकडाउनका बेला चलाउन सवारी अनुमति पासका लागि अहिले ठुलै घुइचाे छ ।

काेराना भाइरसबाट बच्न देशव्यापी अावतजावतमा सरकारले राेक लगाउँदै लकडाउन गरेका बेला यसरी सयभन्दा बढि मान्छेहरु सिडियाे अफिसकाे गेटमै घुँइचाे लागिरहेकाे छ । यस विषयमा बुझ्न सिडियाे जनक दाहालसँग सम्पर्क गर्दा फाेन उठेन ।

सरकार अाफैले घाेषणा गरेकाे ‘लकडाउन’ काठमाडौ जिल्ला प्रशासन कार्यालयमै उल्लंघन हुँदा पनि व्यवस्थित गर्न नसक्नु चिन्ताकाे विषय बनेकाे छ ।

उपस्थित भएकाहरुले सिडियाे अफिसले पँहुँचका अाधारमा पास वितरण गरेकाे तर अत्यावश्यक सामान अाेसारपसारका लागि अाफुहरुलाई पास नदिएकाेमा अाक्राेश पाेखे ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *