काठमाडौंमा आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय



काठमाडौंमा आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कोरोनाभाइरस संक्रमण रोकथामका लागि कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

डीसीसीएमसीले आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

अभियान पोष्ट