काठमाडौं जिल्ला प्रशासनको १० बुँदे आदेश



काठमाडौं जिल्ला प्रशासनको १० बुँदे आदेश

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि कडाई गर्ने निर्णय गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा तत्काल गर्न नहुने कामको सूची सार्वजनिक  गरेका हुन्।

दाहालले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार कारबाही हुने बताएका छन्।

कोरोना संक्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन भन्दै जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो। यो आदेश शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभर लागू हुने आदेशमा उल्लेख छ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *