कमलादीबाट १५ केजी सुन बरामद



कमलादीबाट १५ केजी सुन बरामद

प्रहरीले काठमाडौंको कमलादीबाट १५ केजी सुन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले सुन बरामद भएको पुष्टि गरेका छन्। अवैधरुपमा भित्र्याइएको अवस्थामा उक्त सुन बरामद भएको केसीले बताए।  केसीका अनुसार सुनसँगै केही हतियार पनि बरामद भएको छ।

‘सुन बरामद भएको हो। सुनसँगै हतियार पनि बरामद भएको छ’, उनले थाहाखबरसँग भने, ‘यसबारेमा विस्तृत विवरण आजै साढे १२ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *