समाचार सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त



समाचार सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।

यसअघि कोइरालालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।

उच्च अदालत पाटनले समेत २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो ।

कारागार विभागले कोइरालालाई जेलमुक्त गर्ने पत्र डिल्लीबजार कारागारलाई पठाएको थियो ।

कोइरालाले २७ पुस २०६८ मा श्रीमती गीता ढकालको बूढानीलकण्ठस्थित आफ्नै घरमा हत्या गरेका थिए । हत्यापछि गीताको शव सशस्त्र प्रहरी बलको बा८च ५४०८ नम्बरको गाडी प्रयोग गरेर मकवानपुरको पालुङ पु¥याएर जलाएका थिए । श्रीमती हत्या आरोपमा उनी ८ माघ २०६८ मा पक्राउ परेका थिए ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *