पूर्व जनप्रतिनिधि भन्छन्– ममाथि बम प्रहार भयो



पूर्व जनप्रतिनिधि भन्छन्– ममाथि बम प्रहार भयो

सिरहामा एकजना पूर्वजनप्रतिनिधिमाथि आक्रमण भएको छ । साविकको औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो ।

हालको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको र छर्रा लागेर सामान्य घाइते भएको परिवारजनले बताएका छन् ।

परिवारका सदस्यहरुले बम आक्रमण भएको भने पनि प्रहरी भने बम पड्किएको जस्तो नदेखिएको बताउँछन् । सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताए । ‘हामी अहिले घटनास्थलमै छौं,’ उनले भने, ‘खरानी र बारुद कतै फेला परेको छैन ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *