प्रहरीकाे निष्कर्ष : रतन शहिदका छाेरा, विप्लवमा असंलग्नता



प्रहरीकाे निष्कर्ष : रतन शहिदका छाेरा, विप्लवमा असंलग्नता

काठमाडौँ । सत्तारुढ (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता हान्‍ने रतन तिरुवाका बुबा जनयुद्धमा सहिद भएको पुष्टी भएको छ । प्रहरीको छानविन समितिले रतनका बुबा मोहन तिरुवालाई जनयुद्धको क्रममा सुरक्षाकर्मीले हत्या गरेको भेटाएसँगै यो पुष्टी भएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले रतन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको पनि नभेटिएको बताएको छ । समितिले विहीबार बुझाएको प्रतिवेदनमा रतनका बुबालाई २०५६ सालमा सुरक्षाकर्मीबाट मारिएको उल्लेख गरेको छ ।

त्यसैगरी प्रहरी प्रतिवेदनमा रतनले योजनाबद्ध नभएर आबेगमा आएर जुत्ता हानेको पनि उल्लेख छ । एसएसपी थापाका अनुसार तिरुवा विप्लव नेतृत्वको नेकपासँग संलग्‍न नभएको समेत प्रतिवेलनमा उल्लेख छ ।

तिरुवाले जुत्ता हानेपछि अनुसन्धानको लागि थापाको नेतृत्वमा काठमाडौं परिसका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेका थिए । समितिले बुधबार महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

लोकसेवाको तयारीको लागि दाजुसँगै रतन डल्लुमा भाडामा बस्दै आएका छन् ।

प्रहरीले रतनलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *