हिरा लुट्ने नाइकेको फेसबुक प्रोफाइल पिक्चरमा प्रधानमन्त्री ओली



हिरा लुट्ने नाइकेको फेसबुक प्रोफाइल पिक्चरमा प्रधानमन्त्री ओली

मकवानपुर  हिरा लुट्ने गिरोहका मुख्य नाइके आफुलाई पत्रकार भन्ने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी हिरासतमा राखेको छ । बहालवाला प्रधामन्त्री केपी शर्मा ओलीसंग टिका लगाएको फोटो उनले  फेसबुकको कभर राखेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले दिएको जानकारी अनुसार उनले आफुलाई प्रधानमन्त्री ओलीको भान्जाको रुपमा प्रस्तुत गरेका थिए ।

म प्रधानमन्त्री ओलीको भान्जा हो, तिमिहरुले मलाई कति मिनेट थुनेर राख्न सक्छौ भन्दै प्रहरीलाई उनले धम्की दिएका थिए । प्रहरीको बिचमा आचार्यले आफु पत्रकार ऋषि धमलाको सालो भनेर पनि तर्साउन खोजेका थिए । तर उहाँ पत्रकार ऋषि धमलाको सालो र प्रधानमन्त्री ओलीको भान्जो नभएको स्रोतले दाबी गरेको छ । बरु उनीहरुले आबद्धनै नभएको मिडियाको परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आचार्यसहित ४ जनालाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुसिल सिंह राठोरले ‘हिरा’ लुट्ने गिरोहमा संलग्न ४ जनामाथि थप अनुसन्धान गरी कडा कारबाही गरिने बताउनुभयो । हिजो आइतबार साँझ कैलाश गाउँपालिका वडा नम्वर ५ मा धनलक्ष्मी गुरुङको घरमा पुगी ‘हिरा’ लुटेपछि उनीहरुलाई  प्रहरी चौकी पालुङले पक्राउ गरेको थियो ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *