विप्लवका दाजुसहित ६ जना जावलाखेल प्रहरीमा



विप्लवका दाजुसहित ६ जना जावलाखेल प्रहरीमा

नेकपाका महासचिव विप्लवका माइला दाजु जयन्द्रबहादुर चन्दसहित ६ जनालाई जावलाखेलस्थित महानगरीय प्रहरी बृत्तमा राखिएकाे छ ।

अभियानपाेष्टकर्मीसँगकाे भेटमा नेपाल गणतन्त्रिक खेलकुुुद महासंघका अध्यक्ष समेत रहेका चन्द र महासचिव विनाेद चन्द ठकुरीले महासंघकाे बैठक बसिरहेका बेला अाफुहरुलाई घेरा हाली बिनाकारण पक्राउ गरिएकाे बताए ।

६ जनालाई नै अाजै म्याद थपका लागि अदालत लगिदैछ । अन्य ४ जनामा महासंघका केन्द्रीय सदस्य प्रेम केसी, कमल अारसी र साधारण सदस्य अनिल पुन मगर र कृष्ण थापामगर छन् । ६ जनालाई नै अाजै म्याद थपेर मुद्दा लगाउने प्रहरीले तयारी गरिरहेकाे छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *