बेपत्ता छानविन आयाेगकाे सूचीमा मन्त्री नै ‘बेपत्ता’



बेपत्ता छानविन आयाेगकाे सूचीमा मन्त्री नै ‘बेपत्ता’

काठमाडौ । खानेपानी मन्त्री बिना मगरको नाम जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ ।

बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ ।

आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्, जहाँ २५४ जना बेपत्ता भएको सूचीमा उल्लेख छ ।

दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *