हेटौंडामा नेविसंघले बाड्यो गोजी पात्रो र मास्क



हेटौंडामा नेविसंघले बाड्यो गोजी पात्रो र मास्क

हेटौंडा, ४ चैत्र । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हेटौंडामा गोजी पात्रो र मास्क वितरण गरेको छ ।

संघले सोमबार नोभेल कोरोना भाइरससम्बन्धि जनचेतना जगाउने उद्देश्यले सन्देशमुलक गोजी पात्रो र मास्क वितरण गरेको हो ।

संघले ५ हजार जनालाई गोजी पात्रो र ५ सय जना चालक तथा सह–चालकलाई मास्क वितरण गरेको हो ।

हेटौंडाको फरेस्टी चोकमा अटो, मयूरी, बसलगायतका सवारी चालक तथा सह–चालकलाई पात्रो र मास्क वितरण गरेको नेबिसंघ जिल्ला सदस्य सन्तोष चौलागाईले बताउनुभयो ।

वितरण गरिएको ५ सय थान मास्क नेविसंघ नगर सभापति तथा कार्यक्रमका नगर संयोजक दिपेन्द्र तिवारीले सौजन्य गर्नुभएको थियो ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *