गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर



गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर

राजधानीको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ ।

मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

स्रोतका अनुसार टाउको र खुट्टा भने शरीरको गिँड हालेर फालिएको सुटकेश भन्दा अन्दाजी दुई सय मिटर उत्तर पूर्व मिल्काइएको थियो । टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको देखिन्छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *