सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ  थप सामग्री



सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ  थप सामग्री

काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएर डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरूलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको हो ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई चिन्न नसकेको बताए पनि सीसीटीभी फुटेजको सहायतबाट प्रहरीले २ जनालाई समात्न सफल भएको हो ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *