“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा



“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा

काठमाडौ । “वर्ल्ड फाेरफ फर बुद्धिजम्”ले काेराेना भाइरसबाट संक्रमित १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमितहरुकाेे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै बााैद्ध स्तुपामा आइतवार बृहत पुजापाठ गरेकाे छ ।

छिमेकी राष्ट्र चीनकाे हुवान प्रान्तबाट उत्पन्न भएकाे नयाँ खत्तरनाक भाइरस “काेराेना” काे संक्रमणबाट अहिलेसम्म बिश्वमा ३ हजार ५ सय ९५ जनाकाे मृत्यु भएकाे छ ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार बिश्वका १ सय एक मुलुकमा १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमित छन् ।

“वर्ल्ड फाेरम फर बुद्धिजम्”ले दिप प्रज्वलन गरेर मृतककाे आत्म शान्ति गर्दै संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना गरेकाे छ । फाेरमका अध्यक्ष तथा पुर्व सभाषद भिक्षु आनन्द, उपाध्यक्ष आ. के शाक्य, महासचिव भेषराज लुईंटेल, केन्द्रीय सदस्य पाल्देेेन लामा, सिविएम नेपालका अध्यक्ष भिक्षु तपस्वी धाम, सिमला इण्डियाका आचार्य थेवाङले पाठ गरेर पुजा अर्चना गरिएकाे थियाे ।

अध्यक्ष भिक्षु आनन्दले काेराेना भाइरस अहिलेकाे बिश्वकाे नयाँ चुनाैति बनेकाले विश्वका सम्पूर्ण शान्तिकामीहरुले सामुहिक प्रार्थना गरेर चुनाैतिकाे सामना गर्नुपर्ने बताए ।

मानव जातीकाे कल्याणका लागि गाैतमबुद्धकाे दिव्य ज्ञानकाे सान्दर्भिकता यतिखेर झन् टट्काराे बनेर आएकाे धारणा राखे । महासचिव भेषराज लुईँटेलका अनुसार “वर्ल्ड फाेरम फर बुद्धिजम्”ले विश्व शान्तिका लागि निरन्तर अभियान थाल्नेछ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *