सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उनले दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

हेलिकप्टर घाइतेहरुको उद्धार गर्न सुरु गरेको उनले जानकारी दिएका छन् । बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढीका कारण डेढ दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने २ जनाको ज्यान गएको छ ।  अहिले उद्धार कार्य जारी छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *