हेटौंडाका बल प्रहरीको नियन्त्रणमा



हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

हेटौंडा, २१ फागुन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौंडाका एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले लागूऔषध गाँजा १ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ फारलाईन बस्ने ५७ वर्षीय रामबहादुर बललाई नियन्त्रणमा लिएको हो ।

बललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मंगलबार घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।

उहाँलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही गरिरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *