काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ४४ जना घाइते, ६ जनाको अवस्था गम्भीर



काभ्रेपलाञ्चोक, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

मंगलबार बिहान रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस दुर्घटना हुँदा ४४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक झाले भने, ‘घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ ।’

गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *