नेपालकाे भूमि नमिच्न विप्लव निकट युवा संगठनकाे चेतावनी



नेपालकाे भूमि नमिच्न विप्लव निकट युवा संगठनकाे चेतावनी

काठमाडौ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनले भारतद्वारा गरिएकाे सिमा अतिक्रमण तत्काल बन्द गर्न, अतिक्रमीत जमिन फिर्ता गर्न र नेपाली भुमिमा राखिएको भारतिय सिमा फिर्ता गर्न भन्दै भारतिय दुतावासमा ज्ञापन पत्र बुझाएकाे छ ।

युवा संगठनकाेे केन्द्रीय समितिका तर्फबाट बुझाइएको उक्त विज्ञप्तिमा साम्राज्यवादी हेपाहा र अतिक्रमित कार्य बन्द गर्न र नेपाली सार्वभौम सत्ताकाे हेक्का गर्न भनिएकाे छ ।

भारतले बर्षाैदेखि नेपालमाथि गिद्देनजर लगाउदै आएकाे भन्दै संगठनका कार्ययबाहक अध्यक्ष दिनेशद्वारा विहिवार जारी विज्ञप्तिमा ६ महिना अघि भारतद्वारा  जारी कथित राजनीतिक नक्सामा नेपाली भुमि लिम्पियाधुरा लिपुलेक आफ्नाे भनी जारी गर्नु गम्भीर भुल हाे भनिएकाे छ । संगठनले भारतलाई न्युनतम पनि अन्तर्राष्ट्रिय कानुन तथा मान्यताकाे खिल्ली उडाउदै नेपालमाथी हस्तक्षेप गरेकाे भन्दै आक्राेस ब्यक्त गरेकाे छ ।

हेर्नुस ज्ञापनपत्र 

विषय : ज्ञापन पत्र

नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल नेपाली परिवर्तनकारी आन्दोलनमा जनता र देशभक्त युवाहरुको नेतृत्व गर्दै राष्ट्रियता र स्वाधिनताको पक्षमा घरेलु सामाजिक दलाल राज्य र भारतिय साम्राज्यवादको हस्तक्षेप विरुद्ध निरन्तर संघर्ष र वलिदान गर्दै आएको छ नेपालको सामजिक दलाल पुजीवादी सत्तालाई सदाका लागि मिल्काउदै त्यसको ठाउँमा जनप्रीय व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा संगठन अघि वढि रहेको छ ।

६ महिना अघि भारतले नेपाली भुमी लिम्पियाधुरालाई आफ्नो राजनैतिक नक्सामा सामेल गर्नु गम्भीर भुल र साम्राज्यवादी कार्य थियो हाल आउदा सो क्षेत्रमा एक तर्फी रुपमा चिनको सिमा जोड्ने सडकको भारतिय रक्षामन्त्री राजनाथ सिंले भिडियो कन्फ्रेन्स मार्फत सडकको उदघाटन गर्नु, नेपाली राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामा भारतको साम्राज्यवादी नाङ्गो हस्तक्षेप हो र उक्त कार्यको बिषयमा नाजवाफ केपि शर्मा ओलिको सामाजिक दलाल कथित कम्युनिस्ट सरकारको राष्ट्रियता प्रतिको मौनता, लाचारीपन, उदासिनता र दलालीरुप देखिनुमा संगठन खेद प्रकट गर्दछ ।

अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउदै भारतिय शासक वर्गले १८५६ देखि नेपालको जमिन हडपन थालेको हो । लिम्पियाधुरादेखी लिपुलेक सम्मको ३७२ वर्ग किलोमिटर मात्र भुभाग अतिक्रमण गरेको छैन भारत संग जोडिएका २३ जिल्लाका ७१ स्थानमा सिमा अतिक्रमण गरेको छ भने कुल ६०,६२७ वढी हेक्टर जमिन जवर्जस्ती कव्जा गरिएको छ भारतवाट अतिक्रमित सवै भन्दा धेरै जमिन कालापानी र दोश्रो परासिको सुस्ता पर्दछ । कुटनैतिक पहल भारतवाट भएको छ नत नेपालको दलाल सरकार वाट साम्राज्यवादी भारतले नाङ्गो हस्तक्षेप गरि रहने र नेपाली सासकहरुले आत्मसमर्पण गरिरहने भएको हुदा राष्ट्रियता खतरामा पर्न नदिन देशभक्त युवाहरु आम नागरिक स्वतन्त्रताको लागि स्वस्फूर्त प्रतिरोधका लागि सडक आउन वाध्य हुनेछन र भारतले आफ्नो हेपाहा प्रवृति तु बन्द गर्न संगठन जोड्दार माग गर्दछ ।

 

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *