पत्रकार महासंघ बैठक, महासचिवकाे नेतृत्वमा अनुगमन र संघर्ष



पत्रकार महासंघ बैठक, महासचिवकाे नेतृत्वमा अनुगमन र संघर्ष

काठमाडौ । नेपाल पत्रकार महासंघले दबावपूर्ण तरिकाले बेतलबी बिदाको क्रम रोक्न एवं पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानीका लागि अनुगमन र संघर्ष गर्न महासचिव रमेश विष्टकाे नेतृत्वमा समिति गठन गरेकाे छ ।

अागामी सातादेखि अनुगमन थाल्ने साे समितिले त्यसलगत्तै संघर्षमा जानेछ । ‘श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा समिति गठन गरिएकाे छ,’ महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

महासंघकाे केन्द्रीय कार्यालयमा अध्यक्ष गाेविन्द अाचार्य अध्यक्षतामा विहिवार बसेकाे उपलब्ध बैठकले दवावपुर्ण तरिकाले बेतलवी बिदामा बस्न लगाएर पत्रकारकाे पेशागत संकट निम्त्याउनु, लामाे समयसम्म पारिश्रमिक नदिएकाेमा गम्भीर अापत्ति जनाउँदै त्याे राेक्न माग गरेकाे छ ।

कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक सहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिदा गम्भीर ध्यानाकर्षण गर्दै महासंघले दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न जाेडदार माग गरेकाे छ । बैठकले विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसुचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको ¥यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आव्हान समेत गरेकाे छ । देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको ¥यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आव्हान समेत गरेकाे छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *