असिनापानीले सिन्धुलीको जुनार क्षति



असिनापानीले सिन्धुलीको जुनार  क्षति

खनियाँखर्क । असिना पानीले सिन्धुलीको महाभारत क्षेत्रमा एक हजार चार सय हेक्टर क्षेत्रफलमा लगाइएको जुनार खेतीमा ब्यापक क्षति पुगेको छ । फूल खेल्ने र साना गेडा लाग्ने बेलामा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । सिन्धुलीलाई जुनारको पकेट क्षेत्रका रुपमा लिइन्छ ।

जुनार उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष निर्मल रम्तेलले असिनाले जुनारमा गम्भीर क्षति पुर्याएको बताउनुभयो । जुनार बगैंचामा असिना जमेको छ । फूल र मसिना दाना झारेको छ । लकडाउनका कारण जुनारको उपचारमा समस्या आएको समयमा असिनाले पनि क्षति पुर्याएपछि किसानलाई राहतको माग जुनार सहकारीले गरेको छ । जुनार सहकारीका अनुसार, सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुरा, तिनकन्या लगायत क्षेत्रमा जुनार क्षति पुगेको छ ।

खनियाँखर्क र तिनकन्याकाे जुनारमा ८० प्रतिशत क्षति पुगेकाे दावी किसानकाे छ । जुनार सुपरजाेनका प्रमुख देवराज अधिकारीले  कोरोना भाईरस सङ्क्रमण र लकडाउनकाे  मारमा परेको कृषि व्यवसायको वर्तमान परिवेशमा  बैशाख ७ गते सिन्धुलीको जुनार क्षेत्रमा असिना परेर जुनारलाई क्षति पुर्याएको बताउनुभयाे । उहाँले यस प्रकारको बिपद्को क्षतिबाट राहत पाउन बाली बिमा गर्नु पर्ने आवश्यकतामा समेत जाेड दिनुभयाे ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *