विप्लवका दाजुसहित ६ खेलाडी छुटे



विप्लवका दाजुसहित ६ खेलाडी छुटे

काठमाडाैं । नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र बहादुर चन्द र महासचिव विनाेद चन्सद ठकुरीसहित ६ जना  खेलाडी रिहा भएका छन् ।

जिल्ला अदालत ललितपुरकाे आदेशमा अध्यक्ष चन्द सहित ६ जना बिहिबार रिहा भएको सोहि संगठनका केन्द्रीय उपाध्यक्ष सिवि सिंह ठकुरीले जनाए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजुसमेत रहेका जयन्द्रसहित महासचिव बिनाेद र केन्द्रीय सदस्यद्वय कमल आरसी र प्रेम केसी तथा अन्य २ जनासहित ६ जना रिहा भएका हुन । गत चैत ९ गते उनीहरूलाई ललितपुरबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाे थियाे ।

नेकपा महासचिव विप्लवसँगको राजनीतिक पूर्वाग्रह साँधेर ओली सरकारले अध्यक्ष जयन्द्र चन्दलाई गिरफ्तार गरेको महासंघले दावी गर्दै आएको थियो । अध्यक्ष चन्द स्वयम राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी समेत हुन् ।

न्यायाधिस महेन्द्र बहादुर कार्कीको १ नम्बर इजालसले ६ जनालाई रिहा गर्न आदेश दिएको हो । अध्यक्ष्य चन्दसहितका नेता कार्यकर्ताहरुको पक्षमा बरिस्ठ अधिवक्ता एकराज भण्डारीसहितका अधिवक्ताहरुले बहस गरेका थिए ।

राष्ट्रीय खेलाडी, कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र आम जनता कोरोना भाइरसबिरुद्ध लड्न देशव्यापी सतर्कताका लागि महाअभियानमा लागिरहेको बेला ओली सरकारले समवेदनाहिन तरिकाले नेकपा नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तार गरिरहेकाे छ । साथै त्यसकाे चाैतर्फी विराेध पनि भईरहेकाे छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *